हामी नेपालीहरु धेरै त होइनौ तर ४० -५० को संख्यामा रहेका छौँ यहाँ । होस्टलमा रहदा खाना राम्रो नलागेको दिन हामी जाने गर्दछौँ त्यहाँ , सानो झुप्रे पसल तेलुगु चलन अनुसार प्लेट माथि केराको पात राखी रोटी र तरकारी । पिरो पिरो तरकारीको साथमा थोरै तेल राखेर बनाएको रोटी धेरै मिठो लाग्दछ ।कहिले काहीँ सधैको खानाबाट मुख फेर्न पनि हामी त्यता जाने गर्छौ । वड्डेश्वरम जाने पुलसंगै क्यानलको छेउमा रहेको यो ढावाको आँगनबाट गाडी कुद्छ , नजिकै कोनेरु विश्वविद्यालय रहेको छ तर यो ढावाको पुरातन स्वरुपमा कुनै परिवर्तन आएको छैन । न कुनै ढाँचा काँचा न कुनै साज सज्जा , कहिले काही यथास्थितीवादी जस्तो लागे पनि कहिले भने हाम्रो पूर्खाहरुको पुरातन जीवन देखेर हो कि किन हो यो ढावा धेरै मन पर्ने गर्दछ ।
This article was written in springnote.
0 comments:
Post a Comment