जहिले नि मुखमा हाँसो बानी तिम्रो चन्चले छ
अन्जान बालक जस्तै गिज्याउ मलाई प्यारो लाग्छ
मानिसको जीवन यस्तै कहिले टाढा कहिले नजिक
आउन नसके पारीबाटै चिच्याउ मलाई प्यारो लाग्छ
केही कुरा बुझ्दिनौ , रिसाउछौ आनायासै
लान नसके आफूसँगै घिच्याउ मलाई प्यारो लाग्छ
यस्तै हो बेसुरको एकलकाटे भन्छन मलाई
मैले नदेखे आफूसँगै पछ्याउ मालाई प्यारो लाग्छ
मन मुटाव हुने गर्छ , अगुल्टो नि बल्दैन रे
बस्न बिर्से आफूसँगै थच्च्याउ मलाई प्यारो लाग्छ
नबोली नबोली अधो मुखले नतड्पाउनु तिमी
नसुहाए तिमीसँग लत्याउ मलाई प्यारो लाग्छ
मनमा चिन्ता कसको हुन्न, संसारै पिरको घर
अन्यायमा परे देखि हुत्याउ मलाई प्यारो लाग्छ
मन दुखाउन मनलाग्दैन , त्यसैले नै झुटो बोल्छु
मनले तिम्रो नमाने नि पत्याउ मलाई प्यारो लाग्छ
एकनासे चल्दैन जीवन कतै मन दुखे मेरो
भाउ खोजे मैले नि पट्याउ मलाई प्यारो लाग्छ
~~हिमवत~~
No comments:
Post a Comment