Thursday, August 11, 2011

हिंसा विरोध शान्ति अठोट

परेवाको जोडी ,नीलो आकाश
बुद्धको आँखाको प्रकाश
हाम्रो नाम गुम्न नदिऔँ
नेपाल हाम्रो प्राण
हिंसा विरोध शान्ति अठोट

एका एक हाम्रो देश
कालो बादल छायो
शन्त्राश,न्याउली रोयो
नेपाल राम्रो देश
हिंसा विरोध शान्ति अठोट

युद्ध छोडि बुद्ध तिर
तागत छोडि मगज तिर
अगि बढ्दै जाऔँ
नेपाल अन्त कहाँ पाऔँ
हिंसा विरोध शान्ति अठोट

माया बाँढे माया बढ्छ
ज्ञान बाँढे ज्ञान
देशले माग्दैन ,सन्तानको ज्यान
हाम्रो मातृ भूमि नेपाल
हिंसा विरोध शान्ति अठोट

मेचीकाली एकै हुन्छ
एक हाम्रो मन्त्र
हामी रहे देश हुन्छ
नेपाल सधै स्वतन्त्र
हिंसा विरोध शान्ति अठोट

बृद्ध बृद्धा देशका ज्यान
युवा त्यसका शान
पढिलेखी नयाँ पुस्ता
बढाउने छ ज्ञान
नेपाल हाम्रो प्राण
हिंसा विरोध शान्ति अठोट

पूर्वमा सुनौला किरण देखिएको छ
ढुकुरका जोडी उडेको छ
शान्ति क्षेत्र ,तिर्थ स्थल
पुण्य भूमि नेपाल
हिंसा विरोध शान्ति अठोट

असमानताका रेखा,मेटिने नै छ
भेदभाव उच-निच
पर्खाल भत्किने नै छ
समता देश नेपाल
हिंसा विरोध शान्ति अठोट

"हिमवत सरोज"

0 comments:

Post a Comment