Friday, September 2, 2011

आधुनिक बसाई

गोरीको चोखो मन, बाग्मतीमा बगिदिएछ !
 मलाई ढाँट्ने त्यसलाई त रिकुटेले ठगिदिएछ !
मोटे कार्की जन्मिन्नन आजभोलि ,
गोरी झुमालाई बन्छ अन्तिम सहारा विषको गोली !
 उपन्यास पढेकै छन देखेकै छन् चलचित्रमा पात्रहरु
 किन रोकिदैनन् बन्न नयाँ शिक्षित झुमाहरु !!
 रुप गुण सबै उस्तै जोशमा होश नभा'जस्तो
दुई दिने वैशलाई सबैथोक ठान्ने मगज कस्तो!
 देखदेखा कै बोलबोला अरु कुनै छैन मानमा कुराहरु,
दया लाग्छ कठै देख्दा आजका झुमाहरु !
रोकिइ दिए हुन्थ्यो यो मोल कसाइहरु,
गरिबीमा हैन देखावटी आधुनिकतामा रंगिएका बसाईहरु !!
~~हिमवत~~

No comments:

Post a Comment